७ आश्विन २०७८, बिहीबार

अमेरिकी अग्रसरतामा सिरियामा कारबाही, बारमा गोली चल्दा १ जनाको मृत्यु

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १५:२७


syriya

काठमाडौं । सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ ।

सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ ।

सिरियाली सरकारले हालैमात्र सिरियाको सबै भूभागलाई सिरिया सरकारको नियन्त्रणमा लिइने जनाएको थियो । एसडीएफ समेतका कुर्दिस समूहहरुलाई पनि सिरियालाई केन्द्रमा राख्न सरकारले आग्रह गरेको थियो ।

अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु
उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने अर्का २ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए ।

सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा