७ आश्विन २०७८, बिहीबार
बैंकिङ बजार

बैंकहरुले अपनाएको उपहार योजना बन्द गर्न राष्ट्र बैंकको निर्देशन

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १५:५१


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्ने बहानामा थालेको पुरस्कार योजनामाथि नेपाल राष्ट्र बैंकले रोक लागाएको छ । विभिन्न उपहार र वहारको नाममा बैंकहरुले बिज्ञापन नै गरेर अत्याधिक खर्चहरु गर्न थालेपछि उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ ।

पछिल्लो समय बजारमा तरलता अभाव भएपछि निक्षेप संकलनका लागि बैंकहरुले उपहारका कार्यक्रमहरु अघि सारीरहेका थिए । राष्ट्र बैंकको यो कदम पछि अब बैंकहरुले कुनै पनि प्रकारको उपहार दिन र उपहार योजनाको विज्ञापन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हिजोबाट नै उपहार दिन प्रतिबन्ध लगाइसकेको छ । बैंकले कार, सुन, चाँदीका सिक्का लगायत विभिन्न नाममा उपहार दिने घोषणा गर्दा समग्र वित्तिय क्षेत्रमा नै विकृति र अस्वच्छ प्रतिस्पर्धा देखिएको राष्ट्र बैंकले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा