७ आश्विन २०७८, बिहीबार

आँधीखोलामा एनआईसी एशिया, देशभर २८२ शाखाबाट सेवा संचालन

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १६:४६


nic asia

काठमाडौं । स्याङजा जिल्लाको आँधीखोला गाउँपालिकामा एनआईसी एशिया बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले देशका सबै गाउँपालिका तथा नगरपालिकामा बैंक खोल्न निर्देशन दिएसँग एनआईसी एशिया बैंकले पनि शाखा विस्तारको कामलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ ।

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले सो शाखा विस्तार गरेको जनाएको छ ।

स्याङजा जिल्ला आँधीखोला गाउँपालिका वडा नं ५ कृषि स्याङजा स्थित सो शाखाको आँधीखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट उद्घाटन गरेका थिए ।

बैंकले देशभर २८२ शाखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा