६ माघ २०७८, बिहीबार

नेता मानन्धर भन्छन, ‘यो सरकार विचौलिया र दलालले चलाएको छ’

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार २०:३२


काठमाडौं । नेपाली कम्युष्ट आन्दोलनका अग्रणी नेता विष्णबहादुर मानन्धरले यो सरकार विचौलिया या दलाल चलाएको आशंका व्यक्त गरेका छन् ।

कमरेड निर्मल लामाको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मानन्धरले परिवर्तनका वाहक कम्युनिष्टहरुले चलाएको सरकारलाई कसले चलाएको छ ? भन्दै प्रश्न गरे ।

उनले अघि थपे,‘म भन्न सक्दिन, तर समाजवाद ल्याउन यो सरकार चुकेको र सरकार विचौलिया र दलालले चलाएको जस्तो देखिन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मानन्धर भने,‘उग्रवापन्थी सोच र घोर दक्षिणपन्थी सोचले समाजवाद आउँदैन, समाजवाद ल्याउन कम्युनिष्टहरु एक हुनुको विकल्प छैन ।’

उनले ईतिहासले आफूहरुलाई धेरै पाठ पढाई सकेको बताउँदै भने,‘अब पढाउँदैन परिवर्तनका पाठहरु जति सिकियो त्यसैको आधारमा जनतालाई समाजावाद दिलाउनुपर्छ, समाजवादको अनुभूति जनताले गर्न पाएका छैनन् ।’

उनले भने,‘निर्मल लामा जस्ता कम्युनिष्ट नेताहरुले सिकाएको पाठलाई मध्येनजर गर्दै र परिवर्तनका वाहक कम्युनिष्टहरु एक भएको खण्डमा समाजवाद एक दिन अवश्य आउँछ ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा