८ आश्विन २०७८, शुक्रबार

वडा कार्यालय पुग्नै तीन दिन हिड्नु पर्ने बाध्यता

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार ०८:०५


धादिङ । ‘राणा शाषन गयो । राजाको शासन गयो । गणतन्त्र आयो । हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जाने भो ।’

यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका -५ नेवेरगाउँका ‘साविक लापा गाविस ३’ नोर्सिङ लामाको । नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएको विभिन्न राजनीतिक परिवर्तनपछि चुनावमा एक दिन पैदद हिँडेर मतदान गरे ।

उनीहरुलाई गाउँमा विकास परिवर्तन र सुखसुविधाको तीव्र आस थियो । तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधै सास्ती खेप्न बाध्य छन् ।

नेवेरबासीको मतदान केन्द्र पनि उही वडा कार्यालय भएका कारण जहिले पनि चुनावका बेला मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आसपासका गाउँमा गएर बस्नु पर्छ । यो समाचार मनीष दुवाडीले अन्नपूर्णमा लेखेका छन्


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा