८ आश्विन २०७८, शुक्रबार
समाज

आजबाट काठमाडौंसहित देशका अधिकांश भागमा हावाहुरीसहित वर्षा

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार ०८:१३


काठमाडौं । केही दिनदेखि सामान्य रहेको मौसममा फेरि बदली हुने भएको छ । काठमाडौं लगायत देशैभर आजबाट सोमबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही चट्याङसहित वर्षा हुनेछ । मौसमविद विभूति पोखरेलका अुनसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ । उनले भनिन्, ‘केही स्थानमा ठूलो पानी पर्ने र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।’

हेर्नुहोस् विभागले सार्वजनिक गरेको सुचना :

mousam


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता