८ माघ २०७८, शनिबार
विदेश

फानी चक्रवातका कारण डेढ करोड मानिस प्रभावित, पाँच लाख घरमा क्षति

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १०:३७


चक्रवात

एजेन्सी । भारतमा गत मे ३ तारिखमा आएको फानी चक्रवातका कारण डेढ करोड मानिस प्रभावित भएका छन् । पाँच लाख घरमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

शुक्रबार स्टेट इमरजेन्सी अपरेशन सेन्टरले दिएको रिपोर्टअनुसार १५९ ब्लक, १६ हजार ६५९ गाउँ र १ करोड ५० लाख ९४ हजार ३२१ जना मानिस प्रभावित भएका छन् ।

१४ जिल्लाका ५ लाख ८ हजार ४६७ घरमा नोक्सान पुगेको छ । यो चक्रवातमा परेर ४१ जनाको मृत्यु भएको थियो । मृतकमा पुरीका २१ जना थिए । रिपोर्टका अनुसार १४ लाख ७० हजार १९७ मानिसलाई सुरक्षित स्थलमा लगिएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा