हुप्राचौर डाटा सेन्टर सञ्चालनको अन्तिम चरणमा
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १७:३९:५१
काठमाडों । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको व्यावसायिक विवरण सुरक्षा गर्ने गरी हेटौँडामा निर्माण भएको डाटा सेन्टरको यही वैशाख अन्तिमबाट सञ्चालनमा आउने भएको छ ।
कोरियन संस्था कोइकाको सहयोगमा निर्माण भएको सेन्टरमा रु ३७ करोड खर्च भएको जनाइएको छ । सेन्टर निर्माणका लागि नेपाल आदर्श निर्माण कम्पनीलाई जिम्मा दिइएकामा कम्पनीले १८ महीनामा भवन निर्माण सम्पन्न गरेको हो ।
हेटौँडा–४ को हुप्राचौरमा १० कठ्ठा क्षेत्रफल ओगटेको सेन्टरको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महत्वपूर्ण विवरण सुरक्षित राख्ने उद्देश्यसहित काठमाडौंको सिंहदरबारमा निर्मित केन्द्रीय डाटा सेन्टरको ‘ब्याकअप’का रूपमा हेटौँडामा सो सेन्टर निर्माण भएको हो जसको सिंहदरबारस्थित केन्द्रीय डाटा सेन्टरको डाटा राखेर परीक्षणसमेत गरिसकिएको जनाइएको छ ।
हाल चार कर्मचारी कार्यरत सेन्टरमा कम्युटर इञ्जिनीयर, प्राविधिक लगायत १९ कर्मचारी छनोटको काम सकिएको र केही दिनबाट नै छनोट भएका कर्मचारीले काम शुरु गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए । निर्माण सम्पन्न सेन्टर ‘ब्याकअप’ का रुपमा डाटा राख्न पूर्णरूपमा तयार भइसकेकाले चाँडै नै सञ्चालनमा आउने उनले बताए ।
पहिलेको नगर विकास समितिको जग्गामा सो सेन्टर निर्माण भएको हो । सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको सङ्ग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिलासमेत हुनपुगेको थियो ।
सेन्टर कोरियन प्रविधिमा कोइकाले नै ठेकेदारमार्फत निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । रु २० करोडमा भवन निर्माण र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । त्यहीअनुसार काम भएको हो । भवनबाहेक अन्य प्रविधिका लागि रु १७ करोड खर्च भएको सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करीब रु ३७ करोड लागेको जनाइएको छ ।
मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप तथा मानवीय त्रुटीहरुमा समेत नष्ट नहोस् भनेर उक्त सेन्टर निर्माण भएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको जनाइएको छ । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ई–सेवा सञ्चालन हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार