८ आश्विन २०७८, शुक्रबार
विकास बैंक

ढकालको नेतृत्वमा कार्यसमिति गठन, २९ वटा विकास बैंक आबद्ध

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १२:३६


govinda-dhakal

काठमाडौं। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हाे । उनी गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

मुक्तिनाथ विकास बैंकका पूर्वसीईओ भरत ढकालले अध्यक्ष पदबाट बाहिरिएकाे घाेषाणा गरेपछि कार्यबाहक अध्यक्षका रुपमा गोबिन्द ढकालले संघको नेतृत्व गर्दै आएका थिए । हिजो शुक्रबार भने साधारणसभामार्फत नयाँ कार्यसमिति निर्वाचित गरिएको थियो ।

प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेल, अर्का उपाध्यक्षमा गण्डकी विकास बैंकका सीईओ रेशमबहादुर थापा चयन भएका छन्।

ज्योति विकास बैंकका मनोज ज्ञवाली महासचिव चयन भएका छन् । सचिवमा तिनाउ विकास बैंकका प्रदीपकुमार श्रेष्ठ र कोषाध्यक्षमा साङ्ग्रिलाका सुयोग श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा लुम्बिनी विकास बैंक लिमिटेडले प्रमखु कार्यकारी अधिकृत नरेशसिंह बोहोरा, सिन्धु विकास बैंकका सीईओ रेशमप्रसाद जोशी, कञ्चन डेभलपमेन्ट बैंकका सीईओ बिरुराम जैसी, कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ नबिन सुवेदी चयन भएका छन्।

देशभर सञ्चालनमा रहेका ३३ विकास बैंकहरुमध्ये २९ ओटा विकास बैंकको प्रतिनिधित्व रहेको एशोसियसनको साधारणसभाले नयाँ नेतृत्व चयनसँगै कार्यबाहक अध्यक्षको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा