८ आश्विन २०७८, शुक्रबार
राजनीति

सरकार सम्बृद्धिको नारा लगाए मात्र हुन्छ, सुशासन दिनु पर्दैन ?

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १५:५८


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिबार आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताए । उनले नेपाली जनतालाई अधिकार दिलाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै कांग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे ।

“सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उनले भने । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता