३१ भाद्र २०७८, बिहीबार

तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १६:१९


Afghan security forces personnel are seen at the site of a car bomb attack in Kabul on May 31, 2017. At least 40 people were killed or wounded on May 31 as a massive blast ripped through Kabul’s diplomatic quarter, shattering the morning rush hour and bringing carnage to the streets of the Afghan capital. / AFP PHOTO / SHAH MARAI (Photo credit should read SHAH MARAI/AFP/Getty Images)

एजेन्सी । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् ।

अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो । उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरूपमा सञ्चालन गरेको र नियन्त्रणमा लिइएकाहरूलाई त्यही राख्ने गरेको एक जना सैन्य प्रवक्ताले जानकारी दिएका छन् ।

त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको र केही दिनपछि मात्रै आफन्तको जिम्मा लगाइने भएको छ ।उनीहरूलाई खोज्ने र मुक्त गरेर ल्याउने क्रममा सेनाले कुनै पनि हातहतियारहरु प्रयोग नगरेको श्रोतले जनाएको छ ।

अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सेना र तालिबान लडाकूहरुबीच भेला बेलामा भिडन्त र एक अर्का विरुद्धका कारबाहीहरू हुने गरेका छन् । यस क्रममा हजारौँको मृत्यु भइसकेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा