८ आश्विन २०७८, शुक्रबार

सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १६:२५


एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली (आइतबार) स्वदेश फर्कने भएका छन् ।

भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २स्३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।

आईपीएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर, उनको टिम दिल्ली दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङसंग पराजित भएको थियो । दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्किएका हुन् । यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा