fbpx

चेल्सीको अवार्डमा हाजार्डको ह्याट्रिक



नेपालबहस संवाददाता
 




एजेन्सी । बेल्जियमका स्टार इडेन हाजार्डले चेल्सी अवार्डमा ह्याट्रिक अवार्ड जितेका छन् । चेल्सीले शुक्रबार राति आयोजना गरेको अवार्ड कार्यक्रममा हाजार्डले चेल्सी प्लेयर अफ दि इयर, प्लेयर्स प्लेयर अफ दि इयर र उत्कृष्ट गोलको अवार्ड जितेका छन् ।

हाजार्डले लगातार चौंथो वर्ष चेल्सी प्लेयर अफ दि इयरको अवार्ड जित्दै कीर्तिमान समेत बनाएका छन् । अट्याकिङ मिडफिल्डर हाजार्डले यस सिजन चेल्सीका लागि सबै खाले प्रतियोगितामा १९ गोल गर्दै १६ गोलका लागि पास उपलब्ध गराउन सफल भएका थिए ।

काराबाओ कप अन्तर्गत लिभरपुलविरुद्ध हाजार्ड गरेको गोलले सिजनको उत्कृष्ट गोलको उपाधि जितेको हो । हाजार्डले तेस्रो पटक उत्कृष्ट गोलको अवार्ड जितेका हुन् । यस्तै हाजार्डले दोस्रो पटक प्लेयर्स प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

चेल्सी अवार्डमा कलुम हड्सन ओडियोले वर्षको युवा खेलाडीको अवार्ड हात पारे । यसै सिजन प्रिमियर लिगमा डेब्यु गरेका उनले ५ गोत र ५ गोलका लागि पास उपलब्ध गराएका थिए ।


सम्बन्धित समाचार