६ माघ २०७८, बिहीबार

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार २१:४६


काराकस । भेनेजुएलाको एउटा विषेश अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिइएको हो ।

गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए । उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।

त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनले काराबास राख्न आदेश दिएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा