१३ माघ २०७८, बिहीबार

भोटाहिटी र बबरमहलमा २ ब्यूरो स्थापना

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०६:०९


नेपाल प्रहरीमा ५ डीएसपीको सरुवा, बौद्ध वृत्तमा कार्की

काठमाडौं । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५र०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो ।

गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्न लागेका हुन् । हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन नियन्त्रण ब्यूरोमा ६० दरबन्दी रहनेछ ।

साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा