८ आश्विन २०७८, शुक्रबार

नेटोको हवाई आक्रमणमा १० जनाको मृत्यु

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०६:३०


एजेन्सी । नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिए।

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दाबी गरेको छ ।

अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन् । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता