७ आश्विन २०७८, बिहीबार

इङ्ल्याण्डसंग पाकिस्तानको १२ रनको हार

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०६:५१


एजेन्सी । दोस्रो वन डे क्रिकेटमा इङ्ल्याण्डसंग पाकिस्तान १२ रनले पराजित भएको छ । ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर ३ सय ६१ रनमात्र बनाउन सक्यो ।

फरक जमानले १ सय ३८ रन बनाएको ईनिङ्मा बाबर आजम र असिफ अलीले समान अर्धशतकीय ईनिङ्स खेलेका थिए । कप्तान सर्फराज अहमदले ४१ र इमाम उल हले ३५ रन बनाएका थिए ।

ईङ्ल्याण्डको डेभिड विली र लिम प्लङकटले समान २-२ विकेट झारेका थिए । यसअघि, पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो ।

जोस वटलरले नटआउट १ सय १० रन बनाएको ईनिङ्समा जासन रोयले ८७, इयान मोर्गानले ७१ रन बनाएका थिए । जोनी बेयरस्टोले ५१ र जोए रुटले ४० रन बनाएका थिए ।

पाकिस्तानमा साहिन शाह अफ्रिदी, हसन अली र यासिर शाहले समान एक एक विकेट लिएका थिए । पाँच म्यानको सिरिजमा ईङ्ल्याण्ड १–० ले अघि बढेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा