७ आश्विन २०७८, बिहीबार

मध्यरातमा गयो ५.१ रेक्टरस्केलको भूकम्प

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०६:५४


earthquakes

काठमाडौं । अजा राती दैलेखलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। १२ बजेर ३६ मिनेटमा दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतीको विवरण प्राप्त भएको छैन । अधिकांश ग्रामीण बस्तीले ढाकिएको दैलेख र असपासका क्षत्रमा मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएका थिए। मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडमा पटक–पटक साना भूकम्पका धक्का गइरहेका छन् ।

यसअघि गत वैशाख १ गते बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो । गत वैशाख ११ गते धादिङ केन्द्रबिन्दु भएर तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। तर ती गोरखा भूकम्पका परकम्प रहेका बताइएको छ । विज्ञहरु एकै पटक ठूलो भूकम्प जानुभन्दा साना–साना भूकम्प गइरहनुलाई सामान्य मान्नुपर्ने बताउँछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा