३१ भाद्र २०७८, बिहीबार

कनकाई पुलमा शङ्कास्पद वस्तु फेला !

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०७:३८


Jhapa

भद्रपुर । झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा