६ माघ २०७८, बिहीबार
समाज

आज देशभरि आंशिक बदली : हावाहुरीसहित वर्षाको सम्भावना

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०७:४५


काठमाडौं । शनिबारदेखि मौसममा आएको परिवर्तनका कारण आइतबार बिहानदेखि बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली भइरहेको बताएको छ ।

आज देशभरि बिहानीपख आंशिक बदली रहने महाशाखाले जनाएको छ । अपरान्ह पछि देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अपरान्हदेखि अलि बढी सावधानी अपनाउन सचेत गराइएको छ । हावाहुरीसहितको वर्षासंग चट्याङसमेत पर्न सक्ने अनुमान महाशाखाको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा