८ माघ २०७८, शनिबार

दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०९:५९


पाल्पाका क्वारेन्टाइनमा ४२ , विदेशबाट फर्केका होम क्वारेन्टाइनमा

बेझाड । धार्मिक पर्यटन विकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ ।

रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ ।

२० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

“आफ्नै गतिमा बहेको बहखोलालाई दायाँ र बायाँ दुई स्थानमा बग्न दिने र बीचको भागमा कलात्मक खालको मन्दिर यस क्षेत्रकै नमूना मन्दिर हुने योजनाका साथ अघि बढेका छौँ”, उनले भने । प्रदेश सरकारको अर्थ र पर्यटन मन्त्रालयमा थप रकम निकासाका लागि योजना पेश गरिएकामा सकारात्मक जवाफ आएको बताइएको छ ।

राष्ट्रिय गौरवकै आयोजना कालीगण्डकी करिडोर सडकसँगै जोडिएकाले यो सडक भएर मुक्तिनाथ, देवघाट, मानसरोवर जाने तीर्थयात्रुलाई पनि दर्शन गराउने उद्देश्यका साथ मन्दिर निर्माण शुरु गरिएको समितिका उपाध्यक्ष रामचन्द्र भट्टराईले बताए ।

यही क्षेत्रमा भगवान् रामले त्रेतायुगमा तपस्या गरेकाले रामपुर क्षेत्रलाई विश्वसामु सुन्दर धार्मिक पर्यटकीय नगरीका रुपमा चिनाउने परिकल्पनाका साथ यहाँका स्थानीयवासी लागिपरेका छन् ।

विसं २०७५ जेठ ६ गते सोमबार बहखोला किनारमा शिवलिङ्ग फेला परेकाले पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न स्थानीयवासी लागेका हुन् । शिवलिङ्गलाई स्थानीयवासीले पूजा गर्नाका साथै संरक्षण गर्दै आएका छन् । यसैगरी उक्त नगरपालिका–५ स्थित बेझाड बजार नजिकै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न रामजानकी मन्दिर निर्माण भइरहेको छ ।

रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्व जोगाउन त्रेतायुगमा भगवान् रामले वनबास जाने क्रममा भात पकाएर खाएको रामचुलो परिसरमा रु १० करोडको लागतमा सो मन्दिर निर्माण भइरहेको हो ।

दुई तलाको मन्दिर, सत्तल, दुई भवनलगायत सुविधासम्पन्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतमले बताए । “आन्तरिक तथा बाह्य धार्मिक पर्यटन विकासका गर्न, रामचुलोको ऐतिहासिक धार्मिक महत्वलाई बचाइराख्न रामचुलो परिसरमा मन्दिरसँगै विभिन्न भौतिक संरचना निर्माण गर्न लागेका हौँ”, उनले भने ।

स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत् धान्याचल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो

१७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री

लायन्स क्लब अफ श्रीनगर पाल्पा शाखाले १७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । निस्दी गाउँपालिका–४ मुढाबासस्थित जलदेवी आधारभूत विद्यालयका १२३ र पूर्वखोला गाउँपालिका–३ मा रहेको बाराही प्राथमिक विद्यालयका ४९ विद्यार्थीलाई क्लबले विद्यालयमा नै पुगेर ती सामग्री वितरण गरेको हो ।

यहाँ अध्ययनरत बालबालिकालाई शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष झमनराज मगरले जानकारी दिए ।

यसैगरी उक्त क्लबले पूर्वखोला गाउँपालिका–३ स्थित बाराही प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ रानीमहल पाल्पा शाखाको सहकार्यमा ४९ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम भेगमा अवस्थित अतिविपन्न परिवारका बालबालिका आधारभूत शैक्षिक सामग्रीको अभावले विद्यालय नियमित नजाने गरेकाले उनीहलाई नियमित विद्यालय जाने बानी बसाल्न र पढाइमा प्रोत्साहन दिलाउन क्लबले विभिन्न सामग्री सहयोग गर्दै आइरहेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा