३१ भाद्र २०७८, बिहीबार
विदेश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेकअप खर्च ८० लाख !

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १०:३६


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला पुन चर्चामा आएका छन् । हाल भारतमा चुनावको माहोल चलिरहँदा कुनै न कुनै मन्त्री तथा नेताहरुको अनौठो र रोचक किस्साहरु निक्लिरहेका छन् ।

यसबीच मोदीलाई लिएर पनि यतिबेला भारतमा एउटा भिडियो निकै भाईरल भईरहेकाे छ । जुन भिडियोमा दाबी गरिएको छ की मोदीले आफनो मेकअपका लागि हरेक महिना ८० लाख भारु खर्च गर्ने गर्छन् ।

करिब ४५ सेकेन्डको उक्त भिडियोमा केही व्युटीशियन र स्टाइलिस्टहरु मोदीको वरिपरि घुमिरहेको देखिन्छ । यतिबेला सामाजिक सञ्जालमा भिडियो निकै भाइरल भएपछि जनताहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले मोदीमाथि गाली बर्साउदै आफनो आक्रोश पोखिरहेका छन् ।

अधिकांशले उक्त भिडियो सेयर गर्दै लेखेका छन् “यी हुन गरिबका छोरा मेकअप गरिरहेका छन् । आरटीआईको माध्यमबाट खुलासा भएको छ की यिनको मेकअपका लागि व्युटीशियनलाई प्रति महिना ८० लाख पारिश्रृमिक दिईन्छ” ।

उक्त भिडियो कांग्रेसले समेत खुबै सेयर गरेको थियो । उक्त भिडियो यति भाईरल भयो कि यसको खोजतलास गर्दा पुष्टि भएको छ कि भिडियो मोदीकै हो तर ती उनका व्यक्तिगत व्युटीशियन भने होईनन् ।

वास्तवमा यो भिडियो सन २०१६ को हो, जुन बेला भिडियो लन्डनस्थित मैडम तुषाद म्युजियमले आफनो सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त भिडियो मोदीको मोमको पुत्ला बनाउँने समयमा पोस्ट गरिएको थियो ।

यता प्रधानमन्त्री कार्यालयले भने मोदीको कोही व्यक्तिगत व्युटीशियन नभएको र उनले लगाउने पहिरनको खर्च समेत उनी आफैले उठाउने गरेको बताएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा