७ आश्विन २०७८, बिहीबार
खोज / विशेष

इन्भेष्टमेन्ट बैंकको नाफा ९% ले घट्यो, ऋण बिस्तार ७% गर्दै साढे ९२ करोड नोक्सानी ब्यवस्थापन

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १०:५६


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले नोक्सानी ब्यवस्थापन रकम करिब १ अर्ब छुट्याएका कारण नाफा नौं प्रतिशतले घटेको छ।।

तीन वटा ऋणका फाइलमा समस्या देखिएपछि बैंकले नोक्सानी ब्यवस्थापनको रकम बढाएको हो। बैंकले ९२ करोड ४० लाख रुपैयाँ नोक्सानी ब्यवस्थापन गरेको छ। बैंकको खराब कर्जा पनि ०.७६ प्रतिशतबाट ३.४ प्रतिशत पुगेको छ।

बैंकले चैत मसान्तसम्ममा दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको थियो । गत बर्षको यहि अवधिमा दुई अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो। व्याज आम्दानी १७ प्रतिशतले बढ्दा व्याज खर्च भने जम्मा १५ प्रतिशत बृद्धि भएको छ। खुद व्याज आम्दानी १९ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ। गत बर्षको यहि अवधिमा बैंकले ५ अर्ब ६० करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको थियो।

निक्षेप संकलन ९ प्रतिशतले बढाउँदा ऋण लगानी भने ७ प्रतिशत मात्रै बृद्धि गरेको छ। बैंकले नौ महिनाको अवधिमा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा बैकले एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी १८ प्रतिशतले बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको व्यवसाय बृद्धि हुँदै गर्दा पूँजीकोष अनुपात पनि १.२७ प्रतिशत विन्दुले घटेर ११.९७ प्रतिशतमा झरेको छ। आधार व्याजदर ०.५८ प्रतिशत विन्दुले घटेर ८.५४ प्रतिशतमा झरेको छ। ऋण लगानीसँगै निक्षेप बढ्दा कस्ट अफ फण्ड पनि ०.१३ प्रतिशत विन्दुले बढेर ६.४८ प्रतिशत पुगेको छ। नाफा घटेसँगै बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँले घटेर २७ रुपैयाँमा झरेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा