fbpx

शंकरदेवमा क्याम्पस प्रमुखको मनोमानी, फुटवल एकेडेमीलाई क्रिकेट प्रतियोगिता सञ्चालनको जिम्मा



खगेन्द्र भण्डारी
 



shankardev

काठमाडौँ । शंकरदेव क्याम्पस काठमाडौँमा क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले मनोमानी गर्दै विद्यार्थीहरुलाई दुर्व्यवहार गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुको वीवीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी पाएको शंकरदेव क्याम्पसले आफुले गर्न नसक्ने भएकोले चन्द्र ब्रदर्श प्रा. लिलाई खेल सञ्चालन गर्ने स्विकृति प्रदान गरेपछि यो विवाद चुलिएको हो ।

क्याम्पसले यो प्रतियोगिता आफैले सञ्चालन गर्नुपर्ने र कुन प्रकृयाबाट चन्द्र ब्रदर्शलाई खेल खेलाउन दिइयो भनेर विद्यार्थी नेताहरुको प्रश्नमा क्याम्पस प्रमुख आचार्यले तिमीहरुलाई बताउन जरुरी छैन भन्दै खेल खेल्नका लागि क्याम्पस होइन खेलकुद एकेडेमीमा भर्ना होउ भनी दुव्यवहार समेत गरेको विद्यार्थी नेता नविन पौडेलले बताए ।

पौडेलका अनुसार राज्यले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा लिएर खेल क्षेत्रको विकासमा लागिरहँदा क्याम्पस प्रमुखबाट भएको यस किसिमको दुर्व्यवहार  गरि  गैरजिम्मेवारपुर्ण अभिब्यक्तिले आम विद्यार्थीहरुको अधिकारमाथि कुण्ठा लगाइएको बताए ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यलाई घटना के हो भनि गरिएको एक प्रश्नमा उनीहरु विद्यार्थी नेता भन्दा पनि रकम असुलीको लागि आउने गरेको र धम्क्याउने गरेको बताए । उनका अनुसार क्याम्पसले प्रतियोगिता सञ्चालन गर्न नसक्ने भएपछि १५ दिने सुचना जारि गरि कोटेशन आवाह्न गरेर चन्द्र ब्रदर्श प्रा. लि.लाई प्रतियोगिता कानुन सम्मत दिएको बताएका छन् ।

यता विद्यार्थीहरु भने आफुहरु विहान ६ बजे देखि क्याम्पसमा हुने विभिन्न सञ्चारमाध्यम पनि छन् तर विना सुचना जानकारी मनोमानी ढङ्गबाट फुटवल एकेडेमी चन्द्र ब्रदर्श प्रा. लि.लाई कानुनविपरित क्रिकेट प्रतियोगिता सञ्चालन कार्यक्रम दिएको र यसमा ठुलो रकमको समेत चलखेल भएको बताउछन् ।


सम्बन्धित समाचार