७ आश्विन २०७८, बिहीबार

न्यूजील्यान्डमा भूकम्प, भारत र चीलीमा बस दुर्घटना

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १२:४५


काठमाडौं । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४ः०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन ।
दक्षिण प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित कर्माडेक द्वीप तथा न्यूजील्याण्ड भौगर्भिक दृष्टिबाट जोखिमयुक्त क्षेत्र मानिन्छ ।

दक्षिण भारतमा बस दुर्घटनामा १५ जना मारिए
भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।
स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् ।

मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए ।

चिलीमा बस दुर्घटना
दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिए ।

उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान थालेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा