syangja
Advertisement

कास्की । कलाकार , कलाकारिता र श्रष्टाको उन्नतीका निमित्त कृयाशिल स्याङजा श्रष्टा सदनको अध्यक्षमा लोक गाएक रामजी खाँण र महासचिवमा कलाकार गाएक सजर्क घनस्याम रिजाल निर्वाचित भएका छन् । स्याङजा जिल्लाका कलाकारहरुको भेलाले अध्यक्षमा रामजी खाँण र महासचिवमा धनश्याम रिजाल निर्वाचित भएका हुन् ।

पोखरामा सम्पन्न भएको स्याङजा श्रष्टा सदनको प्रथम अधिवेशनबाट सदनको वरिष्ट उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा शिव हमाल, द्धितीय उपाध्यक्षमा खुमन अधिकारी, महासचिवमा घनश्याम रिजाल, उपमहासचिवमा शंकर विरही गुरुङ, सचिवमा रमेश बाबु थापा, कोषाध्यक्षमा भिमु गुरुङ्ग र सह–कोषाध्यक्षमा प्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा राजु गुरुङ्ग, सुजन लम्साल, राजन कार्की, विक्रम गुरुङ्ग,नर बहादुर राना ‘‘सुरेश’’, चेतन गोतामे, प्रकाश पराजुली, कमला गैरे, बत्ती थापा चयन भएका छन् । समितिको प्रवत्तामा कलाकार निर आले नियुक्त भए । निर्वाचित सदस्यको कार्यकाल २ वर्षको हुनेछ ।

Advertisement

स्याङजा श्रष्टा सदन २०७४ सालमा गठित भएको संस्था हो । संस्थाका संस्थापक अध्यक्ष कलाकार सर्जक रमेश बिजी हुन् ।

Advertisement