सरकारको सहुलियतपूर्ण कर्जा र अनुदान भाषण र कागजमै सिमित
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार १९:३९:१०
काठमाडाैँ । सरकारले उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यले बैंकहरुमार्फत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिने नीति लिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको थियो । तर उक्त कार्यविधिअनुसार प्रभावकारी रुपमा सहुलियतपूर्ण कर्जा कार्यक्रम लागु हुन सकेको छैन । त्यसैले अहिले नेपाल राष्ट्र बैंकले कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधिको कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नेपाल सरकारले ब्याज अुनदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्यजादर कायम गर्नुपर्ने प्रावधान राखी यस्तो कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुने व्यवस्था गरिएको छ ।
सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाको सीमा प्रति ऋणी ५ करोड भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई शाखा कार्यालय मार्फत पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो । कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जामा बैंकहरुले आधारदरमा २ प्रतिशत थप गरी ऋणिबाट ब्याज लिन पाउँछन् । त्यस्तै कर्जा दिदा अन्य प्रक्रियागत शुल्क पनि लिन नपाउने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाहमा चासो नदिएपछि केन्द्रिय बैंकले कर्जा प्रवाहमा ध्यान दिन निर्देशन दिएको हो । पछिल्लो समय सरकारले उपलब्ध गराउने भनेको ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेको छ ।
त्यसैले पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हरेक शाखाबाट यस्तो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार