३१ भाद्र २०७८, बिहीबार
शिक्षा

क्यान्सर रोगीहरुलाई दिइँदै आएको एक लाख रुपैयाँ सहयोग रोकियो

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १५:५१


सरकारद्धारा औषधिजन्य सामग्री ल्याउने कम्पनीसंगको सम्झौता रद्द, कालोसूचीमा राख्न माग

काठमाण्डौँ। सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरिएको खुलासा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख रुपैयाँआर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्ट पारिन ।

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले बताइन् । आइतबार काठमाण्डौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन भने दिइन्।

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइने कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिइन।
आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराइन् ।
यो रोग ५ वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा