१३ माघ २०७८, बिहीबार
तस्करी

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १६:४५


juwa-kheldai-

काठमाडौं। काठमाडौं महानगरपालिका-१ मैत्रीनगर डेरा गरी बस्ने पर्सा, बीरगंज घर भएका ३० वर्षीय श्याम कुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका-१५ का ४१ वर्षीय नवराज विश्वकर्मा समेत ५ जनालाई ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौ महानगरपालिका-९ सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा-७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्‍वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा