लन्डनमा सेसर बारोनको कुस्ती खेल्दाखेल्दै मृत्यु !
इन्द्र रिजाल
बैशाख २९, २०७६ सोमबार ०:१४:१४
एजेन्सी । लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी एक खेलाडीको भिडन्त गर्दागर्दै मृत्यु भएको छ।
सिल्भर किङ उपनामले परिचित सेसर बारोन आफ्नो देश मेक्सिकोमा चर्चित कुस्तीबाज थिए। उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए।
उनी ५१ वर्षका थिए। क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा उनी ढलेका थिए। अर्का कुस्तीबाजले बारोनलाई ‘महान् प्रतिद्वन्द्वी’ भन्दै प्रशंसा गरेका छन्।
होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दुस्ख प्रकट प्रकट गरेका छन्। शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो। मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन्।
अन्लाइन माध्यमहरूमा प्रेषित दृश्यमा खेलका निर्णायक र अरू मानिसहरू ढलेका बारोनलाई सहायता गर्न लम्किएको देखिन्छ। त्यहाँ एउटा ‘घटना’ भएको आयोजनास्थलले पुष्टि गरेको छ तर त्यसबारे उसले थप टिप्पणी गर्न चाहेन।
लुचा लिब्रमा कुस्तीबाजहरू मुकुन्डो लगाएर निर्देशित तरिकाले भिड्छन्।बारोन कुस्तीबाजको परिवारमा हुर्किए। उनका बुवा पनि चर्चित कुस्तीबाज थिए।
सिल्भर किङका रूपमा बारोनले धेरै सफलता पाए। उनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वर्ल्ड च्याम्पियनशिप रेस्लिङ खेले।
सन् २००५ मा हलिउडमा निर्मित नाचो लिब्रमा उनले खलपात्रको भूमिकामा अभिनय गरे। उनको मृत्युमा कुस्ती खेलसँग सम्बन्धित व्यक्ति र संस्थाले दुस्ख प्रकट गरेका छन्।
WWE is saddened to learn that Lucha Libre legend and former WCW star Silver King has passed away at age 51. https://t.co/mAge65OmeN
— WWE (@WWE) May 12, 2019
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार