८ आश्विन २०७८, शुक्रबार

लोकसभा निर्वाचन : सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १८:५३


नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन।

भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उनीहरुले मतदान गरेका हुन् ।आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काँग्रेस महासचिव समेत रहनु भएकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिए ।आइतबार उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ ।

यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता