३१ भाद्र २०७८, बिहीबार

कानुनले दिएको अधिकार प्रयोग गर्दै शान्ति सुरक्षा कायम राख्छौ

अपराध नियन्त्रणमा एकजुट

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार २१:१५


काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे परिसरका उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले संयुक्त रुपमा काम गरेर प्रहरीको साख एक इन्च पनि तल नझर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

सुवेदीले राजधानीको शान्ति सुरक्षामा कुनै पनि किसिमका सम्झौता नगरी नियम कानुनमा रहेर काम गर्ने बताए । राजधानीमा सङ्गठित अपराध, भूमिगत संगठनको चन्दा आतङ्क लागत कम भएको र सामाजिक अपराध बढेको जानकारी दिँदै एसएसपी सुवेदीले यस्ता अपराधलाई न्युनीकरण गर्नेसमेत दाबी गरे ।

टोलमा रहेका गुन्डागर्दी नियन्त्रणमा प्रहरीले सूचना संकलन गरिसकेकाले कारबाही गर्नेसमेत उनले बताए । त्यस्तै महाशाखाका प्रमुख थापाले पनि दुवै कार्यालय प्रमुख संयुक्त रुपमा राजधानीको अपराध नियन्त्रणमा लाग्ने बताए ।

मेचीदेखि महाकालीका अपराधी एकजुट हुँदा प्रहरीमा फुटको सूचना बाहिर आउनु राम्रो नहुने उहाको भनाई छ ।एसएसपी सुवेदी र थापाले अपराधीविरुद्ध कानूनी कठोरता अपनाउने धारणा पनि राखेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा