३१ भाद्र २०७८, बिहीबार

धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउँदै काठमाडौं महानगर

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार ०८:०१


काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ ।महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँचवटा ब्रुमर खरिद गरेको थियो ।

अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ । यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कुल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा