इलामको चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १५:२:३३
इलाम । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन ।
अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् ।
केही दिन अघिमात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए । ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए । उनीहरूलाई चिया खेतीसम्बन्धी सैद्धान्तिक ज्ञानसहित, रोपणशैलीका बारेमा जानकारी गराइएको थियो ।
केही वर्ष अघि यहाँबाटै चियाको बिरुवा लगेर खेती शुरु गरेका किसानले बजारीकरणको बारेमा थाहा पाउन इलाम आएका हुन् । बजारीकरण राम्रो नहुँदा चिया बेच्नै समस्या परेकाले बुझ्नका लागि इलाम आएको ललितपुरका चिया किसान पुरुषोत्तम तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाका अनुसार इलामकै एक व्यक्तिबाट २०६८ सालतिर चियाको बिरुवा ललितपुरमा लगेर खेतीको बारेमा जानकारी गराइएको थियो । सामान्य खेती हुन थालेपछि अरु बिरुवा पनि निर्यात गरेर ललितपुरमा पनि अहिले व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेको तिम्सिनाको भनाइ छ ।
“हामीले इलामको भ्रमणपश्चात् प्याकेजिङ र बजारीकरणका बारेमा धेरै थाहा पायाँै”, तिम्सिनाले भने, “प्याकेजिङ राम्रो नहुँदा हाम्रो चिया बिक्न समस्या थियो । त्यो कुरा इलाम भ्रमणबाट थाहा भयो । बजारीकरणका लागि पनि भारत निर्यात गर्न हामीलाई सहयोग भयो ।”
आफ्नै संस्थाको सहयोगबाट धेरै जिल्लाका किसानलाई चिया सिकाउने काम वर्षेनी गरिँदै आएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए । “हामीले वर्षेनी स्थानीय निकायसँग समन्वय गरेर विभिन्न जिल्लाका किसानलाई चिया अवलोकन र चियाखेती विस्तार गर्न इच्छुकलाई इलाम भ्रमणको निम्तो दिन्छाँै ।” दाहालले भन्नुभयो, “त्यसका लागि हामी आफैँ भाडा दिने र तालीमसमेत प्रदान गर्छौं ।”
चियाखेती सिक्न इलामका पाँच वटा उद्योगमा किसानले भ्रमण गरेका थिए । उनीहरूले देउमाई शान्तिडाँडा राँकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कलमा भ्रमण गरेका थिए ।
पछिल्लो समय चियाखेती सिक्नका लागि इलाम आउने किसानको सङ्ख्या उल्लेखनीय रहेको अध्यक्ष दाहालले जानकारी दिए । विभिन्न संस्थाबाट सहयोग पाउन थालेपछि मकवानपुर, ललिपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक र भक्तपुरबाट १०० भन्दा बढीको सङ्ख्यामा खेती सिक्न आउने गरेको उनको भनाइ छ ।
केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालको आयोजनामा भएको अवलोकन सिकाइ भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप ऊर्जा मिलेको र इलामको पर्यटनमा समेत सहयोग पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिए ।
केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालले इलामको शेरामा आफ्नै भवन निर्माण गरी देशभरका चिया सहकारीमार्फत् चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य शृङ्खलाको उत्पादनबाट प्रशोधन र बजारीकरणमा प्रवेश गराउनमा लागि परेको सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार