१३ माघ २०७८, बिहीबार

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार ०९:३०


mahanagar

काठमाडौं । काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौं उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताए ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आउनुभएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो ।

कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राससकर्मी गिरी पुरस्कृत

राससमा कार्यरत रमेश गिरी काठमाडौँ महानगरपालिकाको सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीबाट रु १० हजारसहित पुरस्कृत भएका छन् । प्रदर्शनीबाट गिरीसँगै मीनरत्न बर्जाचार्य रु २५ हजारसहित प्रथम, मीन लामा रु २० हजारसहित द्धितीय, प्रनी कोइरालाले रु १५ हजारसहित तेस्रो स्थान हासिल गरेका छन् ।

कामपाले विभिन्न सञ्चारमाध्यम र नागरिकसँग सार्वजनिक सूचनामार्फत् माग गरी गत शुक्रबारदेखि रत्नपार्कमा सडक सुरक्षासम्बन्धी १०० फोटो प्रदर्शनीमा राखेको थियो ।

आइतबार भएको कार्यक्रममा उनीहरु सबैलाई कामपाको प्रमुख विद्यासुन्दर शाक्यले पुरस्कार प्रदान गरेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा