११ आश्विन २०७८, सोमबार

पाँचथरमा किशोरीको घाँटी रेटेर हत्या !

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १०:१९


काठमाडौं । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको हिलिहाङ–४ की शीतल योङहाङको शव घर नजिकैको खोल्सामा घाँटी आधा रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार योङहाङको घाँटी रेटिएको छ भने शरीरका अरु ठाउँमा चोटपटक देखिएको छैन । किशोरीको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन ।

प्रहरी निरीक्षक पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा