३१ भाद्र २०७८, बिहीबार
बैंकिङ बजार

एनआइसी एसिया बैंकको नाफा दुई अर्ब, राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडी 

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १०:५३


एन आई सी एशिया बैंकको ग्राहकमैत्री नयाँ वेबसाइटमा साथी च्याटबक्स

काठमाडौं। एनआइसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो।

चैत मसान्तसम्ममा बैंकले सात अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ भने गत बर्ष ६ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको थियो।

चालु बर्षको नौ महिनासम्म सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ। सञ्चालनमा रहेका २८ बैंकमध्ये सर्वाधिक नाफा राष्ट्रिय बाणिज्य बैंकले गरेको हो।

बैंकले तीन अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ। यो अघिल्लो बर्षको चैतको तुलनामा १३ प्रतिशत बढि हो।

दोस्रो धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ। नबिल बैंकले तीन अर्ब १९ करोड रुपैयाँ नफा गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ।

एनआइसी एसियाले नौं महिनाको अवधिमा एक खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ४१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ रहेको छ। रिटेन अर्निङ ५३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा १४ अर्ब रुपैयाँ जम्मा भएको छ। यससँगै बैंकको पूँजीकोष २२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

पूँजीकोष अनुपात १२.८१ प्रतिशत छ। खराव कर्जा २.९० प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ। आधार व्याजदर ६.२० प्रतिशतबाट ५.३८ प्रतिशतमा झरेको छ। स्प्रेडदर पनि ४.९५ प्रतिशतबाट घटेर ४.७० प्रतिशत रहेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा