७ आश्विन २०७८, बिहीबार

काठमाडौंबाट बरामद गरियो १० हजार अवैध घरेलु मदिरा

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार ११:१६


नेपाल प्रहरीमा ५ डीएसपीको सरुवा, बौद्ध वृत्तमा कार्की

काठमाडौं । काठमाडौंमा नेपाल प्रहरीको विशेष अभियानले बिभिन्न स्थानबाट १० हजार ९ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि साँझ साढे ६ बजेसम्म प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १०, ११ र १२ तथा गोकर्णेश्वर नगरपालिकाको त्रिवेणी चोक लगायतका स्थानमा छापा परेर अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको हाे ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नरेन्द्र चन्दको कमाण्डमा महानगरीय प्रहरी प्रभाग कपनसमेत संयुक्त टोली परिचालन गरिएको थियो ।

सो टोलीले तयारी मदिरा अन्दाजी २ हजार ४ सय लिटर, कच्चा मदिरा ८ हजार ५ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने साना-ठूला ४० वटा ड्रम र प्लास्टिकका साना ३० थान बाँटा बरामद गरेको थियो ।

बरामद मदिरा र कच्चा पदार्थ स्थानीयबासी, वडा प्रतिनिधि र सञ्चारकर्मीहरुको रोहबरमा सोही स्थानमा पोखेर नष्ट गरिएको थियो । अन्य अनुसन्धान कार्य पनि बौद्ध प्रहरीले गरिरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा