fbpx

फुटबलमा एक अचम्मलाग्दो खेलाडी लियो ‘मेस्सी’ !



नेपालबहस संवाददाता
 




एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ का डिफेन्डर डानी अल्भेसले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी रहेको बताएका छन् ।

बार्सिलोनाका पुर्व डिफेन्डर समेत रहेका अल्भेसले मेस्सीले बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुर्राउन नसकेनि उनि उत्कृष्ट रहेको बताए ।

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना लिभरपुलसंग ४-० ले पराजित भएको थियो । जसको कारण पहिलो लेगमा ३-० को जित निकालेपनि बार्सिलोना समग्रमा ४-३ ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

‘म अझैपनि सोच्छु। फुटबलमा एक अचम्मलाग्दो खेलाडी लियो ‘मेस्सी’ हुन् किनकि उनले खेलमा जुन कुरा ल्याउछन्,’ अल्भेसले भने ।

पाँच पटक बालोन डीओर विजेता मेस्सीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले पहिलो लेगमा शानदार जित निकालेको थियो ।तर, दोस्रो लेगमा मेस्सीले उक्त जादु देखाउन सकेनन् । यस्तै ब्राजिलियन अल्भेसले बार्सिलोनाले खेल बिगारेपनि मेस्सीको प्रदर्शन सधै उस्तै रहने दाबी गरे ।


सम्बन्धित समाचार