८ आश्विन २०७८, शुक्रबार

पत्रकार महासंघले दलित पत्रकारको राष्ट्रिय सम्मेलन गर्ने

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १२:१२


काठमाडौं । नेपाल पत्रकार महासंघको दलित समितिले राष्ट्रिय दलित पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । गत आइतबार बसेको बैठकले जेठ २४ र २५ गते पाल्पामा सम्मेलन गर्ने निर्णय भएको भएको महासंघले जनाएको हाे ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, सचिव रेम विश्वकर्मा, उदय जिएमको विशेष उपस्थितिमा बसेको बैठकले पाल्पाको तानसेन नगरपालिकामा सम्मेलन गर्ने निर्णय गरेको हो।

पत्रकार महासंघ पाल्पा शाखाको आतिथ्यमा हुने दलित पत्रकारको राष्ट्रिय सम्मेलनमा महासंघका ७७ वटै शाखा र १० वटै प्रदेशका प्रतिनिधिको सहभागी हुने बताइएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा