६ माघ २०७८, बिहीबार
खोज / विशेष

आईपीएलमा मोस्ट भ्यालुएबल प्लेयर रसेल, इमर्जिङ प्लेयर गिल !

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १२:१९


एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।

आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ह्यारिएर सुपर स्ट्राइकर अवार्ड समेत जितेका छन् ।

यस सिजन रसेलले उच्च प्रदर्शन गरेका थिए । तर, रसेलले कोलकत्तालाई आईपीएलको प्ले अफमा पुर्राउन असफल भएका थिए । कोलकत्ताकै सुभम गिलले इमर्जिङ प्लेयरको अवार्ड जितेका छन् ।

त्यस्तै सर्वाधिक चांडो शतक प्रहार गर्नेको अवार्ड च्याम्पियन क्लब मुम्बई इण्डियन्सका हार्दिक पाण्ड्या, परफेक्ट क्याच अफ दि सिजन मुम्बईकै केइरन पोलार्ड, स्टाइलिस प्लेयर अवार्ड लोकेश राहुल र गेम चेन्जर अवार्ड मुम्बईकै राहुल चाहरले जिते ।

त्यसबाहेक सर्वाधिक रन बनाउने खेलाडी ‘ओरेन्ज क्याप’ को अवार्ड सनराइजर्स हैदरावादका डेभिड वार्नर र सर्वाधिक विकेट लिने खेलाडी ‘पर्पल क्याप’ अवार्ड चेन्नई सुपर किङ्ग्सका इमरान ताहिरले हात पारे । फेयर प्ले अवार्ड सनराइजर्स हैदरावादले हात पारेको छ ।

यो पनि:

इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा