३१ भाद्र २०७८, बिहीबार

चुनावमा मुद्दा पार्टी एकिकरणले टुङ्गो

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १६:३२


जुम्ला । चुनावी मतगणनामा शङ्का लागेर जिल्ला अदालतमा परेको मुद्दा सहमतिमा टुङ्गिएको छ । विसं २०७४ जेठ ४ गते भएको स्थानीय तहको निर्वाचनको मतगणनामा शङ्का लागेर एमालेबाट जुम्लाका हिमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार भैरवबहादुर रोकायले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सो मतगणनामा तत्कालीन माओवादीबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा (एमाले) र माओवादीबीच भएको पार्टी एकीकरणपछि बनेको नेकपाका पार्टीका जिल्ला अध्यक्ष वीरबहादुर कँुवर र सचिव तीर्थबहादुर बुढा, पूर्वमन्त्री गोमा कुँवर लगायत सो पार्टीका नेता तथा कार्यकर्ताबीच २०७६ वैशाख २९ गते भएको सहमतिका आधारमा सो मुद्दा टुङ्गिएको जिल्ला अदालतले जनाएको छ । वादी भैरवबहादुर रोकायाले स्थानीय तहको विकासका लागि पार्टीको निर्णयानुसार अब आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा