७ आश्विन २०७८, बिहीबार

पोखरेलले पाए प्रहरी प्रवक्ताको जिम्मेवारी, हेर्नुहोस् आजको घटना विवरण

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १९:५८


कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुन्न : विश्वराज पोखरेल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवं सुचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तोकिएका छन् । प्रहरीले सम्पादन गर्ने जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा केन्द्रीय प्रहरीले जानकारी दिँदै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।

विभिन्न स्रोतबाट नेपाल बहसलाई प्राप्त प्रहरी अपडेट

अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ
अवैध लागूऔषध चरेश सहित २ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(३ बस्ने ४३ वर्षीय राजु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका–८ बस्ने रेवा पुरी रहेका छन् ।

श्रेष्ठलाई लागूऔषध चरेश करिब ४.५ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको पार्किङ एरियाबाट र पुरीलाई लागूऔषध चरेश करिब ३ सय ८० ग्राम सहित काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो पक्राउ परेका श्रेष्ठले उक्त लागूऔषध आफूलाई पुरीले दिएको बताएपछि खोजी गर्ने क्रममा सोमबार बिहान पुरीलाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षति बन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ भगवानबहालबाट करिब २१ ग्राम तौल भएको संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु १ थान सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका–३ का २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको वीना जस्तो वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो ।
पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि गत शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।

करिब ९ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटना परी ६ जनाको मृत्यु

करिब ९ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोमबार बिहान २ः४० बजेदेखि ११ः५० बजेसम्मको सो अवधिमा नबलपरासी (पश्चिम), महोत्तरी, रुपन्देही र रौतहटमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

दुर्घटनामध्ये नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–१६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सरावल गाउँपालिका–५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरी प्रिती यादवको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–१२ शान्तीचौरस्थित सडकमा ना.३२ प ९०१३ नम्बर र ना.२९ प ५६४७ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

र याे पनि…..विश्वराजले दर्ज्यानी चिन्ह थाप्दै गर्दा मातहतका प्रहरीले दिए लामो रिपोर्ट

महोतरी, बर्दिबास नगरपालिका–४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेको बा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिँदा टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक ४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

यसैगरी रुपन्देही मायादेवी गाउँपालिका–४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री कोटईमाई गाउँपालिका–४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौहतट गरुडा नगरपालिका–८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक समेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
हिलिहाङ गाउँपालिका–६ सेपिलेस्थित अरुण काबेली हाईड्रोपावरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर पाल्पा तिनाउ गाउँपालिका–२ बस्ने ३३ वर्षीय संजय श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ । उक्त हाईड्रोपावरमा मजदुरी काम गर्ने उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
ललितपुर महानगरपालिका–१८ महतोमार्ग डेरा गरी बस्ने अमेरिकी नागरिक ग्रेग लुकास होकको कोठाबाट ल्यापटप १ थान, मोबाइल १ थान, नेपाली रूपैयाँ ३० हजार र अमेरिकी डलर २ सय समेत गरी करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
लालिगुराँस नगरपालिका-५ दागपा बस्ने भिमलाल लिम्बुको गोठमा आइतबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हावाहुरीबाट धनमाल क्षति
मादी नगरपालिका–४ र धर्मदेवी नगरपालिका–३ मा गत आइतबार राति आएको हावाहुरी तथा पानीले विभिन्न धनमाल क्षति भएको छ । हावाहुरी तथा पानीले मादी नगरपालिकाको पुरानो भवन र भवनको टिनको छानो क्षति भएको छ । साथै धर्मदेवी नगरपालिका–३ सल्ले बस्ने मणिराज जिमी समेत १७ जनाको घरको छानो उडाई करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटिई गई स्थानीय बासिन्दाको सहयोगमा उद्दार कार्य गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा