७ आश्विन २०७८, बिहीबार

दक्षिण एसियाली खेलकुद : लोगो र मस्कट सार्वजनिक !

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार २१:०२


काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ ।

युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरे ।

लोगो र मस्कट खुल्ला छनोट प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगोमा शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ ।

जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने छ । लोगो डिजाइन गरेवापत पौडेलले १ लाख नगद पुरस्कार समेत पाएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि बिश्वकर्माले सागको तयारी आरम्भ भएको बताए । त्यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले सागको प्रतिक चिन्हमा राखिएको चिन्हले शान्ति दर्शाउने बताए ।

राखेप सदस्यसचिब बिष्टले पूर्वाधारको कारणले साग नरोकिने बताए । यस्तै सदस्यसचिब बिष्टले प्रतियोगिताको लागि अनिमनित ४ अर्ब खर्च हुने बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा