७ आश्विन २०७८, बिहीबार

नौ महिनामा ६ हजार दुर्घटना १९२ को मृत्यु, २३३ सख्त घाइते

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार ०९:४८


काठमाडौं । काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ ।

२३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् । चार हजार ८८ मोटरसाइकलरस्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक हजार ३०१ ट्रकरटिपर र ९४ वटा टेम्पोरट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए । गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए ।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै
प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । ७० जना पैदलयात्रीको पनि सडक दुर्घटनामा मृत्यु भएको छ ।

कार दुर्घटनामा ११, ट्रक दुर्घटनामा नौ, बस दुर्घटनामा सात, साइकलयात्री चार र माइक्रो दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक सुरक्षा नीति नबन्दा समस्या
काठमाडौं महागनरपालिका सहरी योजना आयोगले पाँचौँ विश्व सडक सुरक्षा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीले सडक सुरक्षा नीतिको अभाव रहेको औँल्याएका छन् ।

सडकको दुरावस्था, साधनको अवस्था र प्रयोगकर्ताको लापरबाहीका कारण दुर्घटना बढेको सरोकारवालाको भनाइ छ । कार्यक्रममा कार्यपत्र पेस गर्दै एसपी केसीले सडक दुर्घटना कम गराउन आवश्यक नीति बनाउनुपर्ने बताए ।

सडक विभागका इन्जिनियर सरोजकुमार प्रधानले सडक सुरक्षा कानुनको अभाव, फितलो ट्राफिक व्यवस्थापन र सडकको दुरावस्थाका कारण दुर्घटना कम हुन नसकेको बताए ।

दुई हजार किमि सडक १० लाख सवारी
काठमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ । तर, सवारी संख्या भने करिब १० लाख रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरी तथ्यांकअनुसार उपत्यकामा ६१ किमि राष्ट्रिय राजमार्ग, ४८८ किमि सहायक राजमार्ग, १५८ किमि विस्तार भइरहेको सडक र १३०४ किमि भित्री सडक छ ।

आर्थिक वर्ष ०७४र०७५ मा देशभर ३२ लाख ५० हजार सवारी दर्ता भएका थिए । तीमध्ये बागमतीमा मात्रै ११ लाख ८४ हजार सवारी दर्ता भएका थिए । बागमतीमा दर्ता भएका सवारीमध्ये ९० प्रतिशत उपत्यकामा सञ्चालन हुने ट्राफिक प्रहरीको दाबी छ । नयाँ पत्रिका


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा