६ माघ २०७८, बिहीबार
समाज

देशका अधिकांश ठाँउमा अझैं ३ दिनसम्म मेघगर्जन, हावाहुरीसहित वर्षा !

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १०:३८


काठमाडौं । गत शनिबारदेखि देशभर मौसममा गडबडि देखिएको छ । अझैं ३ दिन देशका अधिकांश ठाँउमा मेघगर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना देखिएको हो ।

मंगलबार आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ ।

त्यस्तै भोली ‘बुधबार’ दिउँसोस् देशभरि आंशिकदेखि सामान्य बदलि रहनेछ भने पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको संभावनासमेत रहेको महाशाखाले जनाएको छ ।

बुधबार रातिको पनि देशभरि नै आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । राति देशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षा एवं उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने माहाशाखाले जनाएको छ ।

विहीबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने र राति पनि मौसम त्यस्तै किसिमको रहने छ ।

मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ। पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा