३१ भाद्र २०७८, बिहीबार
नेपाल प्रहरी

बालुवाटार जग्गाको अनुसन्धान गर्ने डीएसपी सरुवा

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १२:२०


प्रहरी हेडक्वाटरबाटै यौन शोषणको उजुरी गायब

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।
त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।
स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए ।
ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।

सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नेुपर्ने एक उच्च प्रहरी अधिकारीले बताए । तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ ।

अनुसन्धान निष्कर्ष नजिक पुग्नै लागेका बेला डीएसपी कटुवालको सरुवा भएको हो । ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा निर्णय आए पनि त्यसले केही फरक नपर्ने बताए । ‘‘सरुवाको कुरा आए पनि यहीं काम गरिरहनुभएको छ,” उनले भने । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धान संस्थागत काम भएकाले व्यक्तिको सरुवाले असर नपार्ने बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा