६ माघ २०७८, बिहीबार

नेकपा रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १२:५६


रुकुम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ रुकुम पश्चिमबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट सोही ठाउँमा बस्ने उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

नेकपा प्रतिबन्दमा परेपछि जिल्लामा नेकपाका नेता, कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष पक्राउ परेको एक साता नबित्दै प्रहरीले पार्टीका जिल्ला इन्चार्जलाई नै पक्राउ गरेको हो ।

यस अघि रुकुम पश्चिम प्रहरीले २६ वैशाखमा नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो ।

त्यस अघि पनि प्रहरीले नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रसान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा