fbpx

शिखर इन्स्योरेन्सको ‘शिखर’ यात्रा जारी, बीमा कोष र नाफामा अत्याधिक बृद्धि



नेपालबहस संवाददाता
 



शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नाम र काम बीचको तालमेल जारी राखेको छ । निर्जीवन बीमा कम्पनीहरुको सुचीमा अग्रस्थानमा देखिएको याे कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । याे गत वर्षको यसै अवधिको तुलनामा नाफा ८.४३ प्रतिशतले बढी हो । शिखरले गत वर्ष ३१ करोड १ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा बीमा कोष २८.३५ प्रतिशतले बढाएर १ अर्ब १ करोड ९३ लाख १३ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष बीमा कोषमा ७९ करोड ४ लाख ३७ हजार रुपैयाँ थियो । चैत मसान्तसम्ममा यसको चुक्ता पुँजी १ अर्ब ५ करोेड ७३ लाख १० हजार रुपैयाँ रहेको छ । यता, कम्पनीको जगेडा कोषमा पनि उत्साहजनक वृद्धि भएको रिर्पोट प्रकाशित भएको छ । यसको जगेडा कोष गत वर्षको यसै अवधिको तुलनामा १२५.७२ प्रतिशतले बढेर ४१ करोड ९ लाख १३ हजार रुपैयाँ पुगेको हो ।

गत वर्ष जगेडा कोष १८ करोड २० लाख ३८ हजार रुपैयाँ रहेको थियो । साथै, महाविपत्ति जगेडा कोषमा ५ करोड २९ लाख ५७ हजार रुपैयाँ छ । यस इन्सुरेन्सको खुद बीमा शुल्क भने १.२०५ ले बढेर १ अर्ब २४ करोड ३६ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बीमा शुल्क १ अर्ब २२ करोड ८८ लाख ५९ हजार रुपैयाँ रहेको थियो । पुर्नबीमा कमिशन आय २५ करोड ७७ लाख ६ हजार रुपैयाँबाट बढेर २८ करोड २४ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

शिखरले यस अवधिसम्ममा ७४ करोड १० लाख ७१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८० करोड ८२ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेर ४२ रुपैयाँ ९९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा थियो । शिखरको प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ २७ पैसा छ ।


सम्बन्धित समाचार