८ आश्विन २०७८, शुक्रबार
खोज / विशेष

भारत हुँदै तेस्रो मुलुक जान अब नो अब्जेक्सन लेटर देखाउनैपर्ने

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १५:४४


no-objection-letter

काठमाडौं। भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित गरेको छ।

यसरी दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ। साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने छ।

रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरुको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनुपर्ने छ।

हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ।

पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।

यसअघि पनि यो व्यवस्था भए पनि कडाइ हुने गरेको थिएन। सोही कारण पटक पटक नेपाली नागरिकहरु भारतिय विमानस्थलमा अलपत्र समेत पर्ने गरेको पाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा